ट्रेजरी बिलमा राष्ट्र बैंकको हस्तक्षेप
काठमाडौ । हिजो भदौ २१ गते सोमबार बोलकबोल ल्याइएको ट्रेजरी बिलमा नेपाल राष्ट्र बैंकले पुुनः हस्तक्षेप गरेको छ।
आज भदौ २१ गते जारी हुने ६ अर्ब २६ करोड रुपैयाँमा मध्ये १ अर्ब ६० करोड रुपैयाँबराबरको ट्रेजरी राष्ट्र बैंकले आफैँले खरिद गरेको हो।
केन्द्रीय बैंकले ९१ दिनका लागि ४ अर्ब २६ करोड रुपैयाँ र ३६४ दिने २ अर्ब रुपैयाँको ट्रेजरी बिल बोलकबोल गरेको थियो।
राष्ट्र बैंकका अनुुसार ९१ दिने ४ अर्ब २६ करोड रुपैयाँ ट्रेजरी बैंक तथा वित्तीय संस्थाहरुले नवीकरण गरेका छन् भने ३६४ दिने २ अर्बको ट्रेजरीमध्ये ४० करोड मात्रै बैंकहरुले नवीकरण गरेका छन्।
९१ दिने ट्रेजरी खरिदका लागि १६ बैंक तथा वित्तीय संस्थाले ८६ वटा आवेदन मार्फत ११ अर्ब २७ करोड १० लाख रुपैयाँबराबरको बोलकबोल पेस गरेका थिए।
राष्ट्र बैंकले न्यूनतम ८.८३९९ प्रतिशत, अधिकतम ९.२००० प्रतिशत र औसत ९.०५९० प्रतिशत ब्याजदरमा बैंकहरुले नै ट्रेजरी बिल स्वीकार गरेको जानकारी दिएको छ।
यस्तै ३६४ दिने ट्रेजरी खरिदका लागि ११ बैंक तथा वित्तीय संस्थाले ५९ वटा आवेदनमार्फत ७ अर्ब ५० करोड रुपैयाँबराबरको बोलकबोल पेस गरेका थिए।
यसमा न्यूनतम ९।९७९९ प्रतिशत, अधिकतम ९.००० प्रतिशत र औसत ९.०३०० प्रतिशत ब्याजदरमा बैंक तथा राष्ट्र बैंकले स्वीकार गरेको हो। यसअघि जारी ट्रेजरी बिलको बोलकबोलमा भने राष्ट्र बैंकले हस्तक्षेप गरेको थिएन।
वि.सं.२०७९ भदौ २१ १०:०७




















