back
stc
prabhu insurance

सहकारी मर्जरमा विभागको निर्देशन

काठमाडौ । पछिल्लो समय सहकारीहरु धमाधम मर्जरमा जान थालेपछि सहकारी विभागले एकै प्रकृतिका सहकारीमात्रै मर्जर जान निर्देशन दिएको छ।

विभागले गत आइतबार एक सूूचना जारी गर्दै सहकारी ऐनको दफा ८७ र विनियमावलीको नियम ९ मा भएको व्यवस्था कार्यान्वयन गर्न, सहकारी संस्था एकीकरण तथा विभाजन निर्देशिका २०७७ बमोजिमको प्रक्रिया पूरा गर्न सबै सहकारीहरुलाई निर्देशन दिएको हो।

यस्तै सहकारी ऐन, २०७४ को दफा ४१र२ बमोजिमको सहकारी संघ संस्थाहरु एकीकरण पश्चात हुन जाने पदाधिकारीहरूमा समावेशिता कायम, सहकारी नियमावली, २०७५ को नियम ३९ (३) बमोजिम विसं. २०४९ साल जेठ २ गतेभन्दा अगाडि स्थापना भएका साझा सहकारी संस्थाहरुको एकीकरण गर्दा मन्त्रालयको पूर्व स्वीकृत लिनुपर्ने विषय र सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका, २०७० को दफा २३ बमोजिम तदर्थ समिति गठन भएको भएको मितिले तीन दिनभित्र सम्बन्धित नियामक निकायमा पठाउने विषयमा समिति गठन गर्ने र दफा २४ बमोजिम तदर्थ समिति गठन भएको मितिले तीन दिनभित्र सम्बन्धित नियामक निकायमा जानकारी पठाउने विषयमा पनि विभागले ध्यानाकर्षण गराएको छ।

विभागका अनुुसार सहकारीहरुको मर्जरका लागि एकै प्रकृति वा विषयका संस्था हुनुपर्ने, एकै विषय वा प्रकृति का संस्था हुनुपर्ने वा फरक विषय वा प्रकृतिका भए पनि मूलतः एकै विषयमा प्रतिस्पर्धा भएको हुनुपर्ने, कार्यक्षेत्र खप्टिएको वा जोडिएको हुनुपर्ने, एकीकरण आवश्यकताको पहिचानभई सदस्यहरुबाट माग भएको हुनुपर्ने वा संस्थाको संयुुक्त बैंठकबाट एकीकरण सम्बन्धी निर्णय भएको हुनुपर्ने आवश्यक पर्नेछ।

पछिल्लो समय सहकारीहरुमा मर्जरको लहर चलेको छ। भदौ ११ गते ५ सहकारीले मर्जरमा जाने सम्झौता गरेका थिए भने १७ गते ९ र १८ गते ११ वटा सहकारीले मर्जरमा जाने सम्झौता गरेका थिए। संकटमा परेका सहकारी मर्जरमा जादा थप संकटमा पर्ने सहकारी विभागका रजिस्ट्रार रुद्र प्रसाद पण्डितको भनाई छ।