back
prabhu insurance
himalayanlife

ओपेकले तेल उत्पादन कम गर्दै

काठमाडौं । विश्व बजारमा फेरि कच्चा तेलको मूल्य बढन थालेको छ। लगातार दोस्रो दिन विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ।

आज बिहान ब्रेन्ट आयल ९४.७३ डलर प्रतिब्यारलमा कारोबार भइरहेको छ। जुन अघिल्लो दिनको तुलनामा ३ प्रतिशतको हाराहारीमा बढेको हो।

यसैगरी डब्ल्यूटीआई क्रुड आयल पनि १.८३ प्रतिशत अर्थात १.५९ डलरले बढेको छ। योसँगै डब्ल्यूटीआई क्रुड आयलको भाउ प्रतिब्यारल ८८.४६ डलरमा कारोबार भइरहेको छ।

कच्चा तेलको मूल्य लगातार बढ्न थाल्नेको मुख्य कारण उत्पादन कटौतीलाई लिइएको छ। ओपेक सदस्य राष्ट्रहरु तेल उत्पादन कटौती गर्ने पक्षमा लगभग सहमत देखिएका छन्।

ओपेक सदस्य राष्ट्रहरुले प्रतिदिन १ लाख ब्यारल तेल उत्पादन कटौती गर्ने सहमतिनजिक पुगेका छन्। तेल उत्पादन कटौती गर्नुको मुख्य कारण मूल्य बढाउने नै रहेको विज्ञहरु बताउँछन्।