निजामती दिवसको अवसरमा कर्मचारी पुरस्कृत
काठमाडौं । आज भदौ २२ गते निजामती दिवस हो। यो अवसरमा सरकारले उत्कृष्ट सेवा प्रदान गर्ने निजामती कर्मचारीहरूलाई पुरस्कृत गरेको छ।
उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरुहरुमा निर्देशक पदम कुमार श्रेष्ठ, उपसचिवहरू दीपक प्रसाद खतिवडा, हरि प्रसाद ज्ञवाली, मुना शर्मा, प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेल, उपसचिवद्वय शोभाखर रेग्मी र सन्तोष पौडेल, सिनियर डिभिजनल इन्जिनियर सचिन्द्र कुमार यादव, शाखा अधिकृत रुकु शर्मा पौडेल र शाखा अधिकृत महंगु लोध रहेका छन् ।
यसैगरी निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरूमा शहरी विकास तथा भवन विभागका महानिर्देशक सहसचिव सुरेन्द्र मोहन श्रेष्ठ, सहसचिव रमेश अर्याल, उपसचिव लिलाकान्त पौडेल, निर्देशक सत्य नारायण थापा, सिनियर डिभिजनल इन्जिनियर नारायण प्रसाद काफ्ले, उपसचिवहरू मुन कुमार केसी, ऋषिराम भुसाल र शान्ति बहादुर बस्नेत रहेका छन् ।
त्यस्तै निर्देशक सुदन ख्वखली श्रेष्ठ, योजना प्रमुख बद्री प्रसाद शर्मा, सिडिई चन्द्रकाजी गुरुङ, शाखा अधिकृत सीता ढकाल, शाखा अधिकृत टेकराज भट्टराई हुलाक अधिकृत गोविन्द्र प्रसाद पाण्डे, इकाई प्रमुख युगमणि सबेहाङ, शाखा अधिकृत ऋषिराज आचार्य, योजना अधिकृत खङराज राई, इन्जिनियर जमुना परियार, कृषि अधिकृत सविता कुमारी जोशी, जिल्ला निर्वाचन अधिकारी शकुन्तला राई, नायव सुब्बा जगत बहादुर पाठक, नायव सुब्बा राम प्रसाद नेपाल, तामेलदार गीता कुमारी थापा, नायव सुब्बा विष्णु बहादुर बस्नेत, मञ्जु कुमारी शाह, डिट्ठा जगविश्वर भट्टराई, खरिदार प्रकाश पौडेल, हल्कारा हरि प्रसाद लम्साल, हलुका सवारी चालक एकराज कोइराला र कार्यालय सहयोगी दशराम थारु पुरस्कृत भएका छन् ।
वि.सं.२०७९ भदौ २२ ०९:०१




















