कुवेतको जजिरा एयरवेजलाई नियमित उडानको अनुमति
काठमाडौँ । गत जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरवेजले नियमित उडानको अनुमति पाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले जजिरालाई सातै दिन उडान गर्ने अनुमति दिएको हो । जजिराले यही भदौ ३१ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक दिन एक उडान गर्ने अनुमति पाएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताउनुभयो ।
हाल जजिराको एयरबस ३२० निओले सोमबार, मङ्गलबार र शुक्रबार गरी सातामा तीन उडान गर्दै आएको छ । कुल एक सय ७४ यात्रु क्षमता भएको जहाजमार्फत हाल कार्गो समेत पठाउन थालिएको छ ।
वि.सं.२०७९ भदौ २२ ०९:४५




















