back
stc
prabhu insurance

कुमारी बैंकको धनवृद्वि रिकरिङ मुद्दति योजना

काठमाडौं । कुमारी बैंक लिमिटेडले प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँचदेखि सयगुणा वृद्धि गर्ने विशेष ‘धनवृद्धि रिकरिङ मुद्दति’ योजना ल्याएको छ।

ग्राहकले आफ्नो चाहना तथा भविष्यको आवश्यकताअनुसार न्यूनतम १० हजारदेखि १० लाख रुपैयाँसम्म प्रारम्भिक बिज रकम जम्मा गरी निम्नअनुसारको धनबृद्धि लक्ष्य प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

यस आवर्ती योजनाअन्तर्गत प्रारम्भिक बिज रकमकोे १० प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहकको बचत खाताबाट सो मुद्दति खातामा रकम जम्मा हुने प्रावधान रहेको जनाएको छ।

यस योजनाबाट न्यूनदेखि उच्च आय वर्ग सबैलाई सुरक्षित भविष्यका आधार निर्माण हुनेमा बैंक विश्वस्त रहेको बताएको छ। यो योजना असोज १ गतेदेखि लागू सो बैंकले जनाएको छ।

आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९५ एटिएम, ५३ शाखारहित बैंकिङ इकाइ तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ।