back
stc
prabhu insurance

सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको १६ औँ वार्षिक साधारण सभा

पोखरा । सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको १६ औँ वार्षिक साधारण सभा असोज ८ गते सम्पन्न भएको छ ।  सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको स्थापनादेखि सामुदायिक रेडियो सराङ्गकोटको सञ्चालन तथा बचत तथा ऋण मार्फत सदस्य सेवा कार्यक्रम सहित सामाजिक कार्यहरुमा सकृय रहदै आएको सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।

संस्थाको कुल शेयर पूँजि ५ करोड ५७ लाख, ऋण लगानी ५६ करोड र कुल बचत ५२ करोड रहेको कोषाध्यक्ष राममणि पौडेलले बताए ।

संस्थाले यस वर्ष कुल नाफा ७१ लाखमध्ये १६ लाख संरक्षित पुँजि फिर्ता कोष ऋण तथा बचत कारोबारी सदस्यलाई वितरण गरिएको थियो ।

कार्यक्रमको शुभारम्भ गर्दै जेष्ठ सदस्य सराङ्गकोट गा.वि.स.का पूर्वअध्यक्ष झपटबहादुर थापाले सहकारीको विकासका लागि सदस्यहरुको सकृयता, सहभागिता महत्वपूर्ण रहने बताए ।

कार्यक्रममा संस्थामा स्थापनादेखि सहयोग गर्ने सल्लाहकार दुर्गाबहादुर सुनार, लगायत सामाजिक शैक्षित क्षेत्रका उत्कृष्ट सदस्य, रेडियोका विज्ञापनदाता र उत्कृष्ट कर्मचारी प्रेमनारायण सिग्देल लगायतलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष कृष्णबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष वसन्त बहादुर वानिया, सचिव कुल प्रसाद सुवेदी, रेडियो सराङ्गकोटका प्रबन्ध निर्देशक अर्जुन बहादुर बस्नेत, कोषाध्यक्ष राममणि पौडेल, लेखासंयोजक शिव बहादुर बानिया, कर्जा संयोजक रमेश कुमार थापा, सल्लाहकार ईन्द्रकमल मानन्धर, व्यवस्थापक सुरेन्द्र थापा, रेडियोका व्यवस्थापक योगेन्द्र श्रेष्ठ, पूर्व सञ्चालक सदस्य रामचन्द्र थापा, सदस्य गणेशबहादुर अधिकारी, शिक्षा संयोजक जयराम पौडेल, महिला समिति संयोजक मायाकुमारी शर्मा, सञ्चालक सदस्य विकल पौडेल, तारादेवी थापा लगायतले संस्थागत प्रतिवेदनमाथि छलफल गरेका थिए ।

संस्थाको दैनिक कारोबार पोखरास्थित न्यूरोडमा रहेको सराङ्गकोट बहुउद्देश्यीय भवनबाट हुदै आइरहेको छ ।