निर्वाचन आयोगले असोज १२ देखि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी
काठमाडौं । निर्वाचन आयोगले असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी गरेको छ।
आयोगले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण र विभिन्न १२ पार्टीका शीर्ष नेताहरूसँग निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो।
आचारसंहिता लागू गर्ने अन्तिम तयारी स्वरुप आयोगले राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग प्रतिबद्धता लिदै आएका छन् ।
आयोग स्रोतका अनुसार असोज १२ देखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी भइरहेको छ। निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेको छ ।
तर आयोग पदाधिकारीले निर्णय गरेको मितिदेखि आचारसंहिता लागू हुने निर्वाचन ऐनले व्यवस्था गरेको छ । आयोग स्रोतले भन्यो, “बुधबारदेखि आचारसंहिता लागू गर्ने तयारी छ ।”
वि.सं.२०७९ असोज १० ०८:१२




















