अनुदानको मलमा कालोबजारी
वीरगन्ज । पर्साको ग्रामीण भेगमा सरकारी अनुदानको मल कालोबजारी गरी बेच्ने कार्यमा संग्लन दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पर्सागढी नगरपालिका(३ बडनिहार बजारको दुई पसलबाट सरकारी अनुदानको २७ बोरा मलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
कृषि सामग्री कम्पनीले किसानलाई सहुलियत दरमा उपलब्ध गराउन कृषि सहकारी संस्थालाई वितरण गरेको युरिया मल र डीएसी मल निजि पसलमा राखेर बेच्ने क्रममा प्रहरीले २७ बोरा मलसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
वि.सं.२०७९ असोज १० ०७:३५




















