कुमारी क्यापिटलका दुवै फन्डको न्याभ घट्यो
काठमाडौं । भदौ मसान्तसम्म आइपुग्दा कुमारी इक्विटी फन्डको सूचीकृत कम्पनीहरुको सेयरमा लगानी बढेको छ ।
यसअवधिसम्म सूचीकृत कम्पनीको सेयरमा लगानी ४७ करोड ३३ लाख ३२ हजार रुपैयाँबाट बढेर ५१ करोड ४ लाख ४१ हजार रुपैयाँ पुगेको छ ।
यस अवधिमा फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) भने घटेको छ । न्याभ १८ पैसाले घटेर १० रुपैयाँ २८ पैसा कायम भएको छ । साउनमा यसको न्याभ १० रुपैया ४६ पैसा रहेको थियो ।
भदौ मसान्तसम्म आइपुग्दा यसको बैंक मौज्दात २९ करोड ९३ लाख ३२ हजार रुपैयाँ छ । यस अवधिमा ५३ वटा सूचीकृत कम्पनीको सेयर खरिद गरेको छ ।
यस फन्डको मुद्दति निक्षेपमा ७ करोड रुपैयाँ छ । भदौं मसान्तसम्म यो फन्ड ५० लाख ५७ हजार रुपैयाँ नोक्सनमा रहेको छ ।
त्यस्तै, कुमारी धनवृद्धि योजनाको प्रतिइकाई खुद सम्पति मूल्य ९न्याभ० भदौ मसान्तमा १० रुपैयाँ २ पैसा कायम भएको छ ।
न्याभ साउनको तुलनामा २ पैसाले थोरै हो । साउनमा यस फन्डको न्याभ १० रुपैयाँ ४ पैसा रहेको थियो ।
यो फन्डले भदौ मसान्तसम्म २८ करोड ३६ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । साउनमा १३ करोड २४ लाख २० हजार रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो ।
धनवृद्धि योजनाले कुल २४ वटा सूचीकृत कम्पनीमा लगानी गरेको छ । भदौ मसान्तसम्म आइपुग्दा यसको बैंक मौज्दात ६८ करोड ५५ लाख १० हजार रुपैयाँ छ ।
यसको मुद्दति निक्षेपमा १८ करोड रुपैयाँ छ । भदौ मसान्तसम्म यो योजना ४३ लाख ७४ हजार रुपैयाँ नाफामा रहेको छ ।
वि.सं.२०७९ असोज ११ ०८:५४



















