कुमारी बैंकको एटीएमम मेसिन तोडफोड
काठमाडौं । गोरखामा कुमारी बैंकको एटिएम मेसिन तोडफोड भएको छ। हरमटारीस्थित कालिमाटीमा रहेको बैंकको एटिएम कक्ष गए राति तोडफोड भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार एटिएम मेसिन तोडफोड भएपनि पैसा लगे वा नलगेकोबारे अनुसन्धान भइरहेको छ।
आज मंगलबार बिहान सुरक्षागार्डले एटिएम मेसिन तोडफोड भएकोबारे प्रहरीलाई खबर गरेका थिए। थप विवरण भने आउनै बाँकी छ ।
वि.सं.२०७९ असोज ११ ०८:३५




















