back
prabhu insurance
himalayanlife

ट्राफिक नियम उल्लंघन गर्ने ३४ सय ९ जना चालक कारबाहीमा

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार ४०९ जना चालकहरूलाई हिजो काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

कारबाहीमा पर्नेमा मदिरा पिएर सवारी साधन चलाउने १५९ जना, फुटपाथमा पार्किङ गर्ने २४५ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १२५ जना, जथाभाबी यात्रु चढाउने र ओराल्ने १२६ जना रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ढोका खुल्लै राखेर सवारी चलाउँदै गरेका ८५ जना, तीव्र गतिमा सवारी साधन चलाउने ४४ जना, सडक लेन उल्लघन गर्ने ४२ जना, रातो बत्तीको उल्लघन गर्ने ५० जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ६७ जना, एकतर्फी सडकमा सो विपरित चलाउने ५३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३९ जना चालकलाई पनि कारवाही गरिएको कार्यालयले बताएको छ ।