back
prabhu insurance
himalayanlife

दसैं बिदामा पनि आयल निगमका डिपो खुला रहने

काठमाडौं । नेपाल आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने भएका छन् । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको छ ।

ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला हुनेछन् । कार्यतालिका प्रकाशित गरिएको छ ।

इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न फोन नम्बर समेत उपलब्ध गराइएको छ ।