back
prabhu insurance
himalayanlife

कुमारी बैंकले दियो ७ जना ग्राहकलाई बीमा सुविधा वापतको रकम

काठमाडौं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता अन्तर्गत कुश्मा शाखामा बचत खाता खोलेका ७ जना ग्राहकहरुलाई खातामा उपलब्ध बीमा सुविधा वापतको रकम भुक्तानी गरेको छ । बैंकले सो बीमा रकम नेको इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।

उक्त शाखामा परिवार सुरक्षा बचत खाता खोलेका गोकर्ण बहादुर श्रेष्ठ, शान्ती नेपाली, अमृता कुमारी कंडेल, रामचन्द्र श्रेष्ठ, शक्ति श्रेष्ठ, नरेन्द्र भुवाजी र कविता श्रेष्ठलाई क्रमश रु ३३,२५०, रु ३८,०००, रु ३८,०००, रु ३८,०००, रु १७,१०० , रु २८,०७७।२५, र रु ३८,००० बराबरको चेक बैंकका शाखा प्रबन्धक दीपकराज पौडेलले हस्तान्तरण गरेको बैंकले जनाएको छ।