सेनामा रथी,उपरथी र सहायक रथी बढुवाको सिफारिस
काठमाडौं । सैनिक सेवा नियमावली (चौंथो संशोधन सहित), २०६९ को परिच्छेद ३ मा रहेको सरूवा तथा बढुवा सम्बन्धी व्यवस्था बमोजिम नेपाली सेनाको सैनिक साधारण सेवातर्फ रक्त हुने पदहरू रथी (एक), उपरथी पद २, र सहायक रथी ६(छ) मा बढुवाका लागि नेपाली सेनाले बढुवा सिफारिस गरेको स्रोतले बताएको छ ।
नेपाली सेनाका रथी बालकृष्ण कार्की अवकास भएपछि रिक्त हुने एक जना रथी पद वरिष्ठ उपरथी सीताराम खड्काको रथी पदमा बढुवा तथा नियुक्तिका लागि नेपाली सेनाले रक्षा मन्त्रालयमार्फत सिफारिस गरेको बुझिन आएको छ ।
उपरथी खडका नेपाली सेनाको २५ बेसिकका हाल सैनिक तालिम महानिर्देशनालयमा कार्यरत रहेका छन् ।
रिक्त दुई उपरथी पदका लागि बढुवा सिफारिस भएका सैनिक कल्याणकारी महानिर्देशनालय (काज सुदूर पश्चिम पृतना हेडक्वाटर) मा कार्यरत विजय थापा र नेपाली सैनिक वार कलेजमा कार्यरत डा।आश बहादुर तामाङको नाम सिफारिस भएको छ ।
सहायक रथी ६ पदका लागि बढुवा सिफारिसमा पर्नेहरूमा महासेनानीहरू सुनिल घले, ललित बहादुर कुँवर, मोहन क्षेत्री, धन वहादुर थापा, रोशन खड्का र सोबन्द्र सिंह महत रहेका छन् ।
वि.सं.२०७९ असोज १७ १८:५०


















