स्वास्थ्योपचार सेवामा छुट सम्झौता
काठमाडौं । गण्डक अस्पताल प्रा.लि, स्पर्स मल्टिस्पेसियालिटी अस्पताल वीरगन्ज र सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबीच स्वास्थ्योपचार सेवामा निश्चित प्रतिशत छुटसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत बहालवाला कर्मचारी, मधेस प्रदेशभित्र स्थायी वतन भएका बहालवाला सशस्त्र प्रहरी कर्मचारी, भूतपूर्व सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका आश्रित परिवारलाई स्वास्थ्योपचार सेवामा निश्चित छुट उपलब्ध गराउन सम्झौता भएको हो ।
गण्डक अस्पताल प्रा.लि. र स्पर्स मल्टिस्पेसियालिटी अस्पताल वीरगन्जसँग समझदारीपत्रमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण बारामा आयोजित छुट्टाछुट्टै कार्यक्रमबीच द्विपक्षीय हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा हस्ताक्षर भएको मितिबाटै लागू हुनेछ । यसको अवधि पाँच वर्षसम्मको हुने जनाइएको छ ।
वि.सं.२०७९ असोज २६ ०६:५२


















