हिमालयन एभरेष्ट इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना मार्फत प्रमुख कार्यालय सहित ७ वटै प्रदेश कार्यालयका लागि विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
कम्पनीले जारी गरेको विज्ञापन सुचना अनुसार केन्द्रिय कार्यलयका लागि एक जना चिफ टेक्नोलोजी अफिसर र एक जना चिफ फाइनान्स अफिसर गरी जम्मा २ जना कर्मचारी माग गरेको छ ।
त्यसैगरी ७ वटै प्रदेशका लागि सिनिय अफिसर, एसिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजर, म्यानेजर तथा सिनियर म्यानेजर पदका लागि कर्माचारी माग गरेको कम्पनीले जनाएको छ ।
उक्त पदहरुका लागि कम्पनीले स्नातक तहदेखि स्नाकोत्तर तहसम्म उत्तीर्ण भएको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।
कम्पनीका अनुसार केन्द्रिय कार्यालयमा माग गरेका पदका लागि ७ वर्ष र प्रदेशका लागि माग गरेको पदका लागि ५ वर्ष अनुभव भएको हुनुपर्ने छ । इच्छुक तथा योग्यता पुगेका ब्यक्तिले कार्तिक ४ गते दरखास्त दिइसक्नुपर्नेछ ।

वि.सं.२०७९ असोज २६ १३:०१




















