back
stc
prabhu insurance

चिनियाँ कम्युनिस्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदै

एजेन्सी । चिनियाँ कम्युनिस्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशन बेइजिङमा आजबाट शुरू हुँदैछ । ऐतिहासिक मानिएको यो महाधिवेशनबाट राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि पार्टी प्रमुखका रुपमा पुनः चुनिनुहुने ठानिएको छ ।

राष्ट्रपति सी प्रमुखका रुपमा पुनः चुनिनु भएमा पार्टी र सरकार प्रमुखका दुई कार्यकालभन्दा बढी काम गर्न नपाउने दशकौँ पुरानो चिनियाँ व्यवस्थाको क्रमभङ्ग हुनेछ । साथै राष्ट्रपति सी चिनियाँ नेता माओ त्से तुङपछिका सबैभन्दा शक्तिशाली नेता हुनुहुनेछ ।

करिब २३ सय प्रतिनिधिहरू सहभागी महाधिवेशनबाट आगामी पाँच वर्षका लागि चिनियाँ कम्युनिस्ट पार्टी र सैन्य नेतृत्व तथा भावी कार्ययोजनाहरू पारित गरिनेछ ।

यसका साथै कोभिड(१९ संक्रमण रोक्न चीनले अपनाएको शून्य कोभिड रणनीतिका बारे पनि महाधिवेशनमा छलफल हुने अनुमान गरिएको छ ।