back
stc
prabhu insurance

एनआइसी एसिया म्युचुअल फन्ड अन्तर्गतका २ वटा म्युचुअल फन्डले बुक क्लोज मिति तय

काठमाडौं । एनआइसी एसिया म्युचुअल फन्ड अन्तर्गतका २ वटा म्युचुअल फन्डले बुक क्लोज मिति तय गरेका छन् । एनआइसी एसिया ग्रोथ फन्ड र एनआइसी एसिया ब्यालेन्सड् फन्ड दुवैले कात्तिक १५ गते बुक क्लोज गर्ने भएका हुन् ।

यसर्थ, कात्तिक १४ गतेसम्म कायम इकाईधनीले लाभांश (प्रतिफल) पाउनेछन् । एनआइसी एसिया ग्रोथ फन्ड र ब्यालेन्सड् फन्डले समान १३ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्न लागेका छन् । यी दुवैको योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटल रहेको छ ।

यसआधारमा एसिया ग्रोथ फन्डले १० करोड ८५ लाख ७६ हजार र एनआइसी एसिया ब्यालेन्सड्ले ९ करोड ८१ लाख ८५ हजार रुपैयाँ नगद लाभांशमा वितरणमा खर्च गर्नेछन् ।