back
stc
prabhu insurance

नेपाल टेलिकमको १० वर्ष अघि १० कित्ता शेयर हुनेले कति पाए नगद लाभांश ?

काठमाडौं । नेपाल टेलिकम नेपालको एक मात्र नेप्सेमा कारोवार हुने दुरसन्चार कम्पनी हो । निरन्तर लाभांश दिने कम्पनीको रुपमा चिनिएको यस कम्पनीले आर्थिक वर्ष ०७७/०७८ मामात्र बोनस शेयर र नगद लाभांश गरी मिश्रित लाभांश दिएको थियो ।

सो आर्थिक वर्ष अघि कम्पनीले निरन्तर नगद लाभांश प्रदान गर्दै आएको थियो । आर्थिक वर्ष ०७७/०७८ को मुनाफाबाट कम्पनीले २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद गरी जम्मा ४० प्रतिशत लाभांश वितरण गरेको थियो ।

सरकारको ९० प्रतिशत माथि लगानी रहेको यस कम्पनीले बोनस शेयर दिनुले सबै लगानीकर्ता चकित भएका थिए ।

कम्पनीको १० वर्षको लाभांशको इतिहास हेर्दा कम्पनीले ४५७ प्रतिशत नगद लाभांश दिएको छ । यो अवधिमा कम्पनीले आर्थिक वर्ष ०७४/०७५ र ०७३/०७४ मा सर्वाधिक ५५ प्रतिशत नगद लाभांश दिएको थियो। १० वर्षमा यस कम्पनीले औसतमा ४५ दशमलव ७० प्रतिशत नगद लाभांश दिएको छ ।

१० वर्ष अघि नेपाल टेलिकमको १० कित्ता शेयर हुने लगानीकर्ताले रु। ४ हजार ५७० नगद लाभांश बुझेका छन् । (लाभांशमा लाग्ने कर भने घटाईएको छैन) भने आर्थिक वर्ष ०७७/०७८ मा कम्पनीले दिएको बोनस शेयर जोड्दा १० कित्ता शेयर १२ कित्ता पनि पुगेको छ ।