back
stc
prabhu insurance

आगामी मङ्सिर १ गतेदेखि सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन प्रणाली बन्द रहने

काठमाडौं । आगामी मङ्सिर १ गतेदेखि सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन प्रणाली बन्द रहने भएको छ।

आगामी मङ्सिर ४ गते हुने चुनावलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले मङ्सिर १ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन प्रणाली बन्द रहने जनाएको छ।

विभागले आगामी मङ्सिर १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मको लागि सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन प्रणाली बन्द हुने जनाएको हो।