कुमारी बैंकको आज कार्तिक २१ गते २२औं वार्षिक साधारण सभा
काठमाडौं ।आज कार्तिक २१ गते कुमारी बैंकले २२औं वार्षिक साधारण सभा आयोजना गर्ने जनाएको छ । उक्त सभा सोमबार नक्साल स्थित कार्यालयमा हुनेछ । कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो ।
कम्पनीले आर्थिक बर्ष २०७८/७९ को वितरणयोग्य मुनाफाबाट कर सहित १२ दशमलव ५० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ।
बार्षिक साधारणसभाले स्वीकृत गरेपश्चात शेयरधनीहरुले पाउनेछन् । कुमारी बैंक र एनसीसी बैंक मर्जर प्रक्रियामा रहेका छन् त्यसकारण बैंकको कारोबार रोक्का रहेको छ ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने,लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वार्षिक आर्थिक विवरण आषाढ मसान्त २०७९ को वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफानोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण, नाफानोक्सान बाँडफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।
बैंकले साधारणसभा प्रयोजनको लागि कार्तिक १४ गते बुक क्लोज गरिसकेको छ । सो मिति भन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
वि.सं.२०७९ कात्तिक २१ ०७:०९



















