back
stc
prabhu insurance

एनआइसी एसिया लघुवित्तको खुद नाफा प्रभावित

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा एनआइसी एसिया लघुवित्तको खुद नाफा प्रभावित भएको छ । यस अवधिमा यसको खुद नाफा ६८.१८ प्रतिशतले घटेर ६ करोड ५७ लाख ९५ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले २० करोड ६७ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले खुद नाफा प्रभावित भएको हो ।

खराब कर्जा र इम्पेयरमेन्ट चार्ज बढ्नु नाफा घट्नुको अर्को कारण हो । यसअवधिमा खुद ब्याज आम्दानी ३१.०९ प्रतिशतले घटेर २९ करोड २ लाख ५७ हजार रुपैयाँमा आएको छ ।

सञ्चालन नाफा ६८.१७५ ले घटेर ९ करोड ३९ लाख ८१ हजार रुपैयाँमा सीमित भएको छ । खराब कर्जा २.२६ प्रतिशतले बढेर ३.८१ प्रतिशत पुगेको छ ।

खराब कर्जा बढेसँगै गत वर्ष ४ करोड ७२ लाख ४५ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ६६ करोड ९१ लाख ९३ हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म एनआइसी एसिया लघुवित्तको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ७९ पैसा छ ।