back
stc
prabhu insurance

समिट लघुवित्तको खुद नाफा ५२.८१% ले घट्दा इपीएसमा पनि गिरावट

काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको तुलनामा नाफा ५२.८१ प्रतिशतले थोरै हो । गत वर्ष समिटले ३ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसको खुद ब्याज आम्दानी ९.११ प्रतिशत र सञ्चालन नाफा ५२.८१ प्रतिशतले घटेको छ । यसले गर्दा नाफा प्रभावित हुन पुगेको छ ।

यता, नाफासँगै लघुवित्तका प्रतिसेयर आम्दानी पनि घटेको छ । गत वर्ष ३९ रुपैयाँ ८८ पैसा (वार्षिक) प्रतिसेयर आम्दानी रेहको यसको यो त्रैमाससम्म आईपुग्दा २४ रुपैयाँ ८८ पैसाले घटेर १५ रुपैयाँ (वार्षिक) मा झरेको छ ।

असोज मसान्तसम्म यसले निक्षेप १ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको समिटले ५ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको देखिन्छ ।

हाल चुक्ता पुँजी ४९ करोड ४० लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा २७ करोड १७ लाख रुपैयाँ छ । यसको खराब कर्जा भने २.५६ प्रतिशत बाट घटेर २.२५ प्रतिशत भएको छ ।