back
stc
prabhu insurance

आँधिखोला लघुवित्तको नाफा ७८.७१% ले घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा आँधिखोला लघुवित्तको खुद नाफा ७८.७१ प्रतिशतले घटेर १९ लाख ८९ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्ष यसैअवधिमा यसले ९३ करोड ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा संस्थाकोे खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो ।

एक वर्षको अवधिमा खुद ब्याज आम्दानी २५.८६ प्रतिशतले घटेर १ करोड ३४ लाख ८६ हजार रुपैयाँ पुगेको छ ।

यता, गत वर्ष ९६ लाख १४ रुपैयाँ कमाएको रहेको सञ्चाल नाफा यो वर्ष ९ लाख ९९ हजार रुपैयाँ नोक्सानमा छ ।

प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९६ पैसा र प्रतिसेयर नेटवर्थ २३६ रुपैयाँ ९४ पैसा छ । सीवाइसी नेपाल र आँधिखोला लघुवित्त एक आपसमा मर्ज हुँदैछन् ।