back
stc
prabhu insurance

नेपाल बैंक लिमिटेडले दुहबी शाखाको नवनिर्मित भवनको उद्घाटन

काठमाडौं । नेपाल बैंक लिमिटेडले दुहबी शाखाको नवनिर्मित भवनको उद्घाटन गरि आफ्नो सेवा सुरु गरेको छ । दुहबी नगरपालिकाका प्रमुख वेद नारायण गच्छदार, मनमोहन प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार डा.दिननाथ फुयाल तथा नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय प्रदेश नं १ का प्रमुख मुख्य प्रबन्धक सुर्य प्रकाश भट्टले संयुक्त रुपमा भवन उद्घाटन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिकाका प्रमुख वेद नारायण गच्छदारले हालको वित्तीय अवस्था तथा वित्तीय बजारमा रहेको जल्दा बल्दा विषयको बारेमा चर्चा गर्दै नेपाल बैंक नेपालको पहिलो बैंक रहेको तथा दुहबी शाखा पनि यस क्षेत्रको अग्रणी बैंक रहेको साथै नयाँ भवन मार्फत अझ उत्कृष्ट सेवा प्रदान गर्नको लागि शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै नेपाल बैंक १ नं प्रदेश कार्यालयका प्रमुख सुर्य प्रकाश भट्टले बैंकले हाल उपलब्ध गराएको सेवा सुविधा नेपाली बैंकहरुमा प्रतिस्पर्धी रहेको उल्लेख गर्दै छिटो, छरितो तथा अब्बल सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।