back
stc
prabhu insurance

सिभिल लघुवित्तको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सिभिल लघुवित्त वित्तीय संस्थाले ७२ लाख ८३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा भन्दा ४९.४९ प्रतिशतले बढी हो । गत वर्ष भने १ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा खुद ब्याज आम्दानी ८.३१ प्रतिशतले सुधार भएपनि इम्पेयरमेन्ट चार्ज बढी हुँदा सञ्चालन  नाफामा  ४९.४९ प्रतिशत  गिरावट आएको छ । जसका कारण खुद नाफा पनि घटेको हो ।

खराब कर्जा १.८८ प्रतिशत बाट बढेर २.६० प्रतिशत पुगेको छ ।खुद नाफा घटेपछि असोज प्रतिसेयर आम्दानी पनि गत वर्षको भन्दा ९ रुपैयाँ ९१ पैसाले कमी आएर १० रुपैयाँ ११ पैसामा सीमित भएको छ ।

गत वर्ष यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ २ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ २७ पैसा छ ।