आदर्श लघुवित्तको खुद नाफासँगै प्रमुख सूचक घटे
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा आदर्श लघुवित्तको खुद नाफासँगै प्रमुख सूचक घटेको छ ।
यस अवधिमा खुद नाफा ४७.८३ प्रतिशतले घटेर ३ लाख ४९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी ०.६५ प्रतिशतले घटेर ४७ लाख ३० हजार रुपैयाँमा आएको छ ।
सञ्चालन नाफा पनि ४७.३४ प्रतिशतले घटेर ५ लाख ५४ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा र खुद ब्याज आम्दानी घटेकाले खुद नाफा प्रभावित भएको हो ।
असोज मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा र प्रतिसेयर जेटवर्थ १६१ रुपैयाँ ६७ पैसा छ । डिप्रोक्स लघुवित्तले एक्वायर गर्ने भएपछि असोज २३ गतेदेखि आदर्श लघुवित्तको सेयर कारोबार दोस्रो बजारमा रोक्का छ ।

वि.सं.२०७९ कात्तिक २४ ०७:१०


















