back
stc
prabhu insurance

हिमालयज भेञ्चर्सले ल्याउने भयो ह्वाजी मिनी इभी, यस्ता छन् विशेषता

काठमाडौं ।  नेपाली उपभोक्तामाझ विद्युतीय सवारी साधनको आकर्षण बढिरहेका बेला हिमालयज भेहिकल भेञ्चर प्रालिले ह्वाजी मिनी इभीको बिक्री सुरू गर्ने भएको छ ।

चीनमा उत्पादित ह्वाजी मिजी इभीको नेपालमा आधिकारिक बिक्रीवितरणका लागि उत्पादक कम्पनी ह्वाजी भेहिकल्स र हिमालयाज भेहिकल भेञ्चर (एचभिभी) प्रा.लि.बिच आधिकारिक सम्झौता भएको छ।

एक महिनाभित्र काठ्माडौंमा ह्वाजी मिनी इभीको शोरुम र सर्भिस सेन्टर सञ्चालनमा ल्याउने कम्पनीका प्रतिनिधि पशुपति दवाडीले जानकारी दिए। ‘मीनभवनको अल इन वन मार्टमा शोरुम निर्माण कार्य भइराखेको छ’, उनले भने, ‘महिना दिनभित्रमा सेवा सुरू गर्ने लक्ष्य राखेका छौं।’

कस्तो छ डिजाइन तथा फिचर

ह्वाजी मिनी इभी परम्परागत चारपाङ्ग्रे मोटरकै डिजाइनमा उपलब्ध हुनेछ। यसको अग्रभागको दुई छेउमा गोलाकार हेडल्याम्प छन् भने मध्यभागमा ह्वाजी मिनी इभीको लोगो राखिएको छ।

पृष्ठभागको दुई छेउमा टेलल्याम्प जडान गरिएको छ। ‘ह्वाजी मिनी इभी डुअल–टोन रङमा उपलब्ध हुनेछ’, दवाडीले भने, ‘ग्राहकहरूले सेतो, रातो, कालो, पहेँलो र हरियोसहित पाँच रङको विकल्प पाउनेछन्।’

ह्वाजी मिनी इभीमा आकर्षक लेदर–सिट उपलब्ध छ। त्यस्तै, लेदर कभरसहितको थ्रि–स्पोक स्टिरिङ ह्विल, ५/५ इन्चको एलसिडी इन्स्ट्रुमेन्ट कन्सोल तथा ब्लुटुथ कनेक्टिभिटी सहितको ९ इन्चको इन्फोटेन्मेन्ट सिस्टम यस इभीका थप आकर्षण हुन्।

इबिडी सहितको एबिएस, र्‍याम्प असिस्ट, एसी, की–लेस स्टार्ट, हाइ पोजिसन की– ल्याम्प, सेटेलाइट नेभिगेसन सिस्टम, अटोमेटिक ट्रिप लक, टायर प्रेसर मोनिटरिङ, इन्टेरियर सेन्ट्रल लक तथा यसमा उपल्ब्ध विभिन्न ड्राइभिङ मोडहरूले ह्वाजी मिनी इभीलाई सुरक्षित र सुविधासम्पन्न बनाएको दवाडीले बताए।

ब्याट्री

ह्वाजी मिनी इभीमा १८.४३ केडब्ल्युएच लिथियम–आयन ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार यसमा जडित दुईवटा मोटरले २४ किलोवाट बराबरको शक्ति उत्पन्न गर्छ।

यसले एकपटकको चार्जमा २१० किलोमिटरको रेञ्ज प्रदान गर्छ। यस इभीलाई १०० किमी प्रतिघण्टाको गतिले हाँक्न सकिन्छ।

स्पेसिफिकेसन
ब्याट्री                                                  १८.४३ केडब्ल्युएच लिथियम–आयन
कम्बाइन्ड पावर                                    २४ केडब्ल्यु (कम्बाइन्ड)
ह्विल ड्राइभ कन्फिगरेसन                        फोर–ह्विल ड्राइभ
टप स्पिड                                             १०० किमी प्रतिघण्टा
रेन्ज                                                   २१० किमी
सिट                                                   क्षमता ४
डाइमेन्सन(लम्बाइ×चौडाइ×उचाइ)           ३४४४×१५५०×१५३५ एमएम
ह्विलबेस                                                २३५० एमएम
तौल                                                     ८४० केजी
ग्राउण्ड क्लियरेन्स                                  १८० एमएम

चेसिस
सस्पेन्सन                                             फ्रन्ट– म्याकफर्सन इन्डिपेन्डेन्ट रेयर– मल्टिलिंक
ब्रेक                                                      फ्रन्ट– डिस्क
रेयर– ड्रम
टायर                                                   फ्रन्ट– १७५/५५–चR१५ /रेयर– १७५/५५–R१५

मूल्य

कम्पनीले ह्वाजी मिनी इभीको मूल्य सार्वजनिक गरिसकेको छैन। ‘केही सातामै यसको मूल्य सार्वजनिक गरिनेछ’,आकर्षक मूल्यमा ह्वाजी मिनी इभी उपलब्ध हुनेमा ग्राहकवर्गलाई आश्वस्त तुल्याउन चाहन्छौं।’