back
stc
prabhu insurance

आम्दानी घटेपछि फेसबुकले निकाल्यो ११ हजार कर्मचारी

कम्पनीले आर्थिक वर्षको तेस्रो त्रैमासमा आम्दानी घटेपछि कर्मचारी कटौती गरेको हो ।​ फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको प्यारेन्ट कम्पनीका रूपमा रहेको मेटाले १३ प्रतिशत कर्मचारी निकालेको हो ।

यसअघि, विश्वभर मेटाका ८७ हजार कर्मचारी थिए । यीमध्येबाट एकै पटक ११ हजार जनाले जागिर गुमाएको बीबीसीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले यति बेला मेटाको खराब समय चलिरहेको बताएका छन् ।

उनले कर्मचारी कटौती गर्नेक्रममा मेटाको इतिहासकै सबैभन्दा समस्याग्रस्त समय रहेको बताएका हुन् ।

यस्तै, जुकरबर्गले कम्पनीबाट निकालिएका सबै कर्मचारीसँग माफीसमेत मागेका छन् । कम्पनीले कर्मचारी निकालेसँगै थप लगानीमा जोड दिने जुकरबर्गले बताएका छन् ।