युनाइटेड इन्स्योरेन्सको सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर घोषणा
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
साथै, कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३प्रतिशतनगद लाभांश पनि दिने भएको छ ।
प्रस्तावित बोनस सेयर र नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

वि.सं.२०७९ कात्तिक २७ १०:३७




















