back
stc
prabhu insurance

देशका हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज (आइतबार) बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । त्यस्तै, बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो भने प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै, प्रदेश–१ को पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । त्यस्तै, प्रदेश(१ र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आइतबार राति भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना भएको महाशाखाले जनाएको छ ।