back
stc
prabhu insurance

एनआइसी एशिया बैंक र सिलाइ ब्यवसायीबीच सहुलियत कर्जा सम्बन्धी सम्झौता

काठमाडौं । राष्ट्रियरूपमा सबै भन्दा धेरै स्थानहरुमा शाखा बिस्तार गरि अग्रणी स्थान हासिल गर्न सफल एनआइसी एशिया बैंक र नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघबीच सहुलियत कर्जा सम्बन्धमा सम्झौता भएको छ । एक विशेष कार्यक्रममा दुइ पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

सम्झौतामा बैंकले ७७ वटै जिल्लाका नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघ सदस्य ब्यवसायिहरुलाई सहुलियत कर्जा अन्तर्गत ५लाख देखि १५ लाख रूपैयाँसम्मा बिना धितो ऋण, जीवन बिमा, घातक रोग बिमा, औधधी उपचार बिमा लगायत सेवा सुबिधा प्रदान गर्ने उल्लेख भएको छ ।