back
stc
prabhu insurance

सिद्धार्थ इन्स्योरेन्सले ५ करोड १२ लाख खुद नाफा कमाए

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५ करोड १२ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा गत वर्षको तुलनामा ५.६५ प्रतिशतले थोरै हो ।

गत वर्षको सोही अवधिमा यसको नाफा ५ करोड ४३ लाख रुपैयाँ रहेको थियो । यस इन्सुरेन्सको खुद बिमा शुल्क आर्जन ३०.१५ प्रतिशतले बढेर असोज मसान्तसम्म ३९ करोड ८२ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।

यसले भुक्तानी हुन बाँकी दाबी वापत ३० करोड ३० लाख व्यवस्था गरेको छ । गत वर्षको सोही अवधिमा उक्त दाबी ४० करोड ९८ लाख रुपैयाँ रहेको थियो ।
यता, नोक्सानीको लागि व्यवस्था गरिएको रकम ८७ लाख २७ हजार पुगेको छ । जसका कारण यसको नाफा प्रभावित भएको छ ।

सिद्धार्थको चुक्ता पुँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ पुगेको छ । यसको रिजर्भ कोष ३३.९६ प्रतिशतले घटेर २४ करोड २७ लाख रुपैयाँमा झरेको छ ।

बिमा कोषको आकार १८.२३ प्रतिशतले बढेर १ अर्ब २० करोड रुपैयाँ पुगेको छ । सिद्धार्थको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९२ पैसा र प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ ५५ पैसा रहेको छ ।