back
stc
prabhu insurance

फिफा विश्वकप फुटबल २०२२ सुरु, कतार इक्वेडरसँग २–० गोल अन्तरले पराजित

दोहा । खाडी मुलुक कतारमा विश्व फुटबलको महासंग्राम फिफा विश्वकप फुटबल २०२२ सुरु भएको छ । ६० हजार दर्शक क्षमताको अल बायत रगंशालामा हिजो भव्य उद्घाटन समारोहबीच विश्वकप शुरु भएको हो ।

हिजो नै भएको उद्घाटन खेलमा आयोजक कतार इक्वेडरसँग २–० गोल अन्तरले पराजित भयो ।विश्वकपको इतिहासमा कुनैपनि आयोजक राष्ट्र उद्घाटन खेलमा पराजित भएको यो नै पहिलो पटक हो । ३२ राष्ट्र विच हुने विभिन्न ६४ खेल कतारको ८ वटा रंगशालामा हुँदैछ ।