back
stc
prabhu insurance

हुम्लामा भेटियो खसेको मतभन्दा बढी मतपत्र

हुम्ला । हुम्लामा खसेको मतभन्दा बढी मतपत्र भेटिएको छ । जसकारण त्यहाँको प्रतिनिधि सभा सदस्यको मतगणना स्थगित भएको छ ।

एउटा मतदान केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएपछि मतगणना स्थगित भएको जिल्ला निर्वाचन कार्यलय हुम्लाले जनाएको छ ।

बिहीबार राति साढे १२ बजेदेखि रोकिएको मतगणना अहिलेसम्म सुरु हुन सकेको छैन ।