back
stc
prabhu insurance

एनआइसी एसिया डाइनामिक डेब्ट फन्डले नगद लाभांश खातामा पठाउन थाल्यो

काठमाडौं । एनआइसी एसिया डाइनामिक डेब्ट फन्डले इकाइ धनीलाई शुक्रबार (मंसिर ९ गते) बाट नगद लाभांश वितरण सुरु गरेको छ ।

फन्डको योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटलले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका इकाइ धनीहरुलाई नगद जम्मा गर्न सुरु गरेको हो ।

फन्डले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट इकाईधनीलाई ६ प्रतिशतका दरले नगद लाभांश (कर सहित) दिएको छ ।