back
stc
prabhu insurance

आरएसडीसी लघुवित्तको ११% लाभांश घोषणा

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आरएसडीसीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । कम्पनीले हाल कायम ८० करोड ५१ लाख ५५ हजार रुपैयाँ चुक्ता पुँजीमा उक्त लाभांश घोषणा गरेको हो ।

आरएसडीसीले अघिल्लो वर्ष भने १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।