back
stc
prabhu insurance

एनआइसी एसिया क्यापिटलले ९ सय ९९ रुपैयाँमै वैदेशिक रोजगार डिम्याट खाता

काठमाडौँ । वैदेशिक रोजगारमा गएका र जानेहरुका लागि एनआइसी एसिया क्यापिटलले ९ सय ९९ रुपैयाँमै खाता खोली दिने भएको छ ।

एक पटक खोलिएको डिम्याट खाता लाईफ टाइम रिन्यु गर्नु नपर्ने कम्पनीले जनाएको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै पे वान टाइम फरगट फर लाइफटाइम भन्ने नाराका साथ ९ सय ९९ रुपैयाँमा डिम्याट खाता खोल्ने अवसर ल्याएको जानकारी गराएको छ ।

नेपाल धितोपत्र बोर्डले आगामी दिनमा कम्पनीहरुले प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित शेयरको १० प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुको लागि छुट्याई बाँडफाँड गर्नु पर्ने व्यवस्था गरिसकेको छ ।

एन आई सी एसिया क्यापिटलले यस योजना अन्तर्गत हाल संचालनमा रहेका खातावालाहरुले समेत मात्र ९ सय ९९ भुक्तानी गरी डिम्याट खाता जीवनभरको लागि नवीकरण गर्न सकिने बताएको छ ।