back
stc
prabhu insurance

मेगा बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । मेगा बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले ४ प्रतिशत बोनसको लागि बैंकको सेयर मूल्य समायोजन गरेको हो ।

समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २०४.६२ रूपैयाँ कायम भएको छ । नेप्सेले कम्पनीको मंसिर २१ गतेको अन्तिम कारोबार मूल्य अर्थात प्रतिकित्ता २१२.८० रुपैयाँलाई आधार मानेर सेयर मूल्य समायोजन गरेको हो ।

यससँगै आइतबारको सेयर बजारमा बैंकको पहिलो सेयर कारोबार समायोजित मूल्य (प्रतिकित्ता २०४.६२ रूपैयाँ) लाई नै आधार मानेर हुने छ ।