राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ ।
आयोगले बुधवार राष्ट्रपति भण्डारीलाई आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न गरेका कार्यहरूको वार्षिक प्रतिवेदन पेस गरेको हो ।
प्रतिवेदनमा आ.व ०७८/७९ मा आयोगमा परेका उजुरीहरू, उजुरीउपर भएका छानबिन तथा अनुसन्धान विवरण र नेपाल सरकारलाई गरिएका सिफारिस लगायतका विषय उल्लेख रहेको आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलले बताए ।
मानव अधिकारको संरक्षण र संवर्द्धनमा देखिएका चुनौतीहरू एवम् आयोगले चाल्ने भावी कदमहरूबारे समेत प्रतिवेदनमा उल्लेख गरिएको आयोगले जनाएको छ ।
प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले मानव अधिकार र लोकतन्त्रको अवलम्बनमा नेपाल उच्च स्थानमा रहेको बताइन् ।

वि.सं.२०७९ मंसिर २१ १८:१५


















