back
stc
prabhu insurance

बागमतीका मुख्यमन्त्री पाण्डेको राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजीनामा दिनु भएको छ । पाण्डेले आज प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा दिनु भएको हो ।

४ मङ्सिर मा भएको निर्वाचनमा धादिङ९१ बाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएको मुख्यमन्त्री पाण्डेले हिजो शपथग्रहण गर्नु भएको थियो ।

शपथग्रहणसँगै औपचारिक रुपमा प्रतिनिधिसभा सदस्य बनेपछि पाण्डेले आजबाट बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएको बताउनुभयो ।