back
stc
prabhu insurance

नेपाल टेलिकमको ४०% नगद लाभांश पुस १७ गते अन्तिम दिन

काठमाडौं । नेपाल टेलिकमको ४० प्रतिशत नगद लाभांश पारित सुरक्षित गर्ने पनि आइतबार (पुस १७ गते) अन्तिम दिन हो ।

पुस २८ गते वार्षिक साधारण सभा बोलाएको कम्पनीले पुस १८ गतेदेखि बुक क्लोज गर्दैछ । तसर्थ, आइतबारसम्म कायम रहेका सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित नगद लाभांश पाउन सक्नेछन् ।

नेपाल टेलिकमको सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।