पोखरामा एक करोडको अत्याधुनिक शौचालय
पोखरा । पोखरामा एक करोड लागतमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृह निर्माण हुने भएको छ । पोखरा माहानगरपालिका र गैरआवसीय नेपाली संघ (एनआरएनए) को संयुक्त लगानीमा महेन्द्रपुलमा शौचालय र चमेना गृह निर्माण हुने भएको हो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार उक्त स्थानमा मापदण्डविपरीत निर्माण भएको भौतिक संरचना केहि समयअघि महानगरले नै भत्काएको थियो ।
यो स्थानमा रहेको कित्ता नम्बर ८२ को ५ आना जग्गामा शौचालय र चमेना गृह संरचना बनाइने उनले जानकारी दिए । आजको कारोबार दैनिकमा समाचार प्रकाशित छ ।
वि.सं.२०७९ पुस २१ ०७:१९



















