माघ १५ गते सिटिजन लाइफ इन्स्योरेन्सको पाँचौं वार्षिक साधारण सभा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले माघ १५ गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने मुख्य प्रस्ताव पेश गर्नेछ ।
सभामा, आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा समेत रहेको छ ।
आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ । सभा अलोफ्ट काठमाडौं ठमेल, छाँयादेवी कम्प्लेक्समा साँझ ५ बजे सुरु हुनेछ ।
वि.सं.२०७९ पुस २४ ०८:३०




















