चीन प्रवेशमा जापान र दक्षिण कोरियाका नागरिकलाई प्रतिबन्ध
चीनले दक्षिण कोरिया र जापानका नागरिलाई चीन प्रवेशका लागि भिसामा प्रतिबन्ध लगाएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको नाममा चिनियाँ नागरिकमाथि ति देशहरुले विभेद गरेको भन्दै चीनले यस्तो कदम चालेको हो ।
पछिल्लो समय चीनमा कोरोना संक्रमण दर बढेपछि दक्षिण कोरिया, जापान लगायतका थुप्रै राष्ट्रले चिनियाँ नागरिकमाथि कडा निगरानी गर्नुका साथै यात्रामा रोक लगाएका छन् ।
त्यसलाई चीनले भेदभावपूर्ण ब्यवहार भन्दै आएको छ । जापानले चिनियाँहरुलाई प्रवेश दिएपनि उनीहरुमाथि कडा निगरानीको नीति लिएको छ ।
शून्य कोभिड नीतिबाट पछि हटेको चीनमा पछिल्ला महिनाहरुमा कोरोना संक्रमण आगो झैं फैलिएको छ । चीनले आफ्ना नागरिक तथा विदेशीका लागि अन्तर्राष्ट्रिय सीमाना खुला गरेको छ ।
वि.सं.२०७९ पुस २७ ०८:२६




















