नेपाल टेलिकमको पुस २८ गतेसाधारण सभा
काठमाडौं । नेपाल टेलिकमले गत वर्षको नाफाबाट लगानीकर्तालाई ४० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यसले पुस २८ गते बिहीबार साधारण सभा डाकेको छ । साधारण सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब लगायतमा पनि छलफल हुनेछ । साधारण सभा प्रयोजनका लागि यस कम्पनीले पुस १८ गते देखि पुस २७ गतेसम्म बुक क्लोज गरेको छ ।
पुस १७ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
वि.सं.२०७९ पुस २७ ०८:४०




















