नेपाल हस्तकला महासंघको ४२ओैं साधारणसभा हुँदै
काठमाडौं । नेपाल हस्तकला महासंघको ४२ओैं वार्षिक साधारण सभा पुस २९ गते बिहान ९ बजे ललितपुर शंखमुलको यल दरवार भेन्युमा हुँदैछ।
महासंघका अध्यक्षले स्वागत मन्तव्यबाट सुरू हुने साधारण सभाको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथि (प्रचण्ड) बाट कदर,सम्मान तथा प्रशंसापत्र वितरण गर्ने र वरिष्ठ उपाध्यक्ष सनम शाक्यबाट धन्यवाद ज्ञापन गर्ने कार्यक्रम रहेको अध्यक्ष प्रचण्ड शाक्यले जानकारी दिएका छन।
सभामा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा,वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल,उद्योग सचिव,उद्योग विभागका महानिर्देशक लगायतका उद्योगी,व्यवसायीहरूको उपस्थिति रहनेछ।
वि.सं.२०७९ पुस २८ १८:१५




















