back
prabhu insurance
himalayanlife

सराङ्गोटमा ग्यारजातीमा एक दिने मनोसामाजिक तालिम

पोखरा । पोखरा १८ स्थित सराङ्गोट ग्यारजातीमा एक दिने मनोसामाजिक तालिम गरिएको छ । समाजमा देखिएको विकृति विसङ्गतिलाई घटाउन, सामाजिक रुपमा सकारात्मक परिवर्तन गराउने उद्देश्यले गरिएको तालिममा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

तालिमको शुभारम्भ गर्दै पोखरा महानरपालिका वडा नं. १८ का अध्यक्ष शिव प्रसाद तिमिल्सिनाले समाजमा देखिएको विकृतिलाई हटाउन एकतासहितको सकारात्मक सोच आवश्यकता रहेको बताए ।

तालिम सहजीकरणको रुपमा मनोपरामर्शदाता गणेश गिरीले व्यक्तिको दैनिकी जीवनयापनमा सचेतता अपनाउनुपर्ने बताए । सहजकर्ता ब्रह्मकुमारी सुधा दिदीले समाजमा बढ्दै गएको आपराधिक घटनाहरुमा मानसिक असन्तुलन रहेकाले सोचमा नै परिवर्तन गर्नुपर्ने बताइन् ।

ग्यारजाती टोल विकास संस्थाका अध्यक्ष भरत बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा सराङ्गकोट बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर थापा, ग्यारजाती युवा क्लवका अध्यक्ष सुरेश थापा, आमा समूहका अध्यक्ष श्रीदेवी थापा, संस्थाका सचिव अजय थापा, शिक्षक प्रतिनिधि योगेन्द्र थापा लगायतले आ–आफ्ना धारणा राखेका थिए ।