back
stc
prabhu insurance

रिडी पावर कम्पनीको वित्तीय विवरण सार्वजनिक

काठमाडौं । रिडी पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा कम्पनीले १ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ९५.८० प्रतिशत थोरै हो ।

गत वर्ष यसले ४६ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको लगानी तथा अन्य आम्दानी ९९.१४ प्रतिशतले घट्दा खुद नाफा प्रभावित हुन पुगेको हो ।

यता, कम्पनीको एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी भने ७ करोड ३५ लाख रुपैयाँबाट बढेर १८ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

हाल रिडी पावरको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ । यसको रिजर्भ कोषमा ५० करोड २५ लाख रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५६ पैसा (बार्षिक) रहेको छ । यसको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ४३ पैसा छ ।